निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

  • कालिका खवर
  • सोमवार, पुस २८, २०८२
  • काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुण २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए ।

    उनले भने,‘पहिला पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि निार्वचन हुन्छ या हुँदैन भन्ने खालको कुराहरु पनि आउँछ । तर यो निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएको हुनाले शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत छ । हामीले दजैनौं पटक छलफल गरेको छौं । यहाँहरुले कमी कमजोरी छ कि भन्ने आशंका गर्नुपर्दैन् भनेर सरकार र सुरक्षा निकायबाट आएको छ ।’

    त्यस्तै उनले संविधानको रक्षाको प्रयोजनको लागि मुलुक लयमा ल्याउने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प नरहेको बताए । निर्वाचन तोकिएको समयमा भयावह र धाँदलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको उनको भनाई छ ।

    उनले भने ,‘संविधानको रक्षाको प्रयोजनको लागि मुलुकमा लयमा ल्याउने र अनुशासनलाई थोरै लयमा ल्याएर एउटा गतिशिल समाज निर्माण गर्ने र सुशासन प्रवाह गर्ने प्रयोजनको लागि निर्वाचनको अर्को विकल्प थिएन । निर्वाचन तोकिएको समयमा भयावह, धाँधलीरहित तरिकाले सम्पन्न गर्न आयोग लागेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar