नयाँ पुस्ताले अब पार्टीको नेतृत्व गर्नुपर्छ : गोपालमान श्रेष्ठ

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौँ : नेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताएका हुन् ।

    ‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ,’ उनले भने, ‘इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।’ उनले आफू कुनै लोभ बोकेर नआएको भन्दै पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न नेतृत्व तयार हुनु पर्ने बताए ।

    ‘म कुनै लोभ बोकेर यहाँ आएको छैन । कुनै अपेक्षा लिएर पनि आएको होइन । पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न पनि तयार हुनुपर्छ भन्ने धारणा लिएर आएको हुँ । मैले इतिहासका धेरै उथलपुथल देखेको छु, धेरै अनुभव पनि गरेको छु,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar