महान रूकुमेली जनता भगौडाको पछि लागेनन् : प्रचण्ड

  • कालिका खवर
  • आइतवार, पुस २७, २०८२
  • काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुमका जनता भगौडाको पक्षमा लाग्दैनन् भन्ने पुष्टि भएको बताएका छन्। शनिबार रूकुम पश्चिममा आयोजित पार्टीको एकता सन्देश सभा संयोजक प्रचण्डले पार्टीकै पूर्वनेता रहेका जनार्दन शर्मालाई लक्ष्य गर्दै केही नेता पलायन भए पनि जनताहरू विचलित नभएको बताएका हुन्।

    ‘यसपटक केही साथीहरू कम्युनिस्ट आन्दोलनबाट पलायन भएपछि, विचार, सिद्धान्त र नेतृत्वबाट विचलित भएपछि रुकुमका जनतामा अलिकति भ्रम सिर्जना भएको हो कि भन्ने मलाई पनि लागेको थियो। तर आज यो विशाल सभामा उपस्थित जनसागर देखेर रुकुमेली जनता महान छन्, कुनै भगौडाको पछि लाग्दैनन् भन्ने कुरा तपाईँहरूले प्रमाणित गर्नुभयो । यस अर्थमा पनि म तपाईँहरूलाई बधाई दिन चाहन्छु,’ संयोजक प्रचण्डले भने।

    उनले रूकुमका कैयौं नेताहरू पलायन भए पनि जनता पलायन नभएको कुरा पटकपटक प्रमाणित भएको पनि बताए। ‘महान रुकुमेली जनता कहिल्यै पलायनवादी, अराजकतावादी र पाखण्डीहरूको पछि लाग्दैनन् । उनीहरू कसैका दास होइनन्, उनीहरू क्रान्तिका अग्रपङ्क्तिका लाल सिपाही हुन् । यो कुरा तपाईँहरूले बारम्बार प्रमाणित गर्नुभएको छ,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar