पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर हामी एक ठाउँमा उभिएका हौँ : कुलमान

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरणका लागि सहमति भएको बताएका छन् ।

    रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएको पनि उनले बताएका छन् । कुलमानले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको पनि बताएका छन् ।

    ‘उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ,’– उनले भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar