बादल एमालेको समानुपातिक सूचीमा

  • कालिका खवर
  • मङ्लबार, पुस १५, २०८२
  • काठमाडौँ : नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ। सोमबार राति बुझाइएको सूचीमा माओवादी केन्द्रबाट एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ पनि समेटिएका छन्। एमालेले आदिवासी जनजाति क्लस्टरतर्फ उपाध्यक्ष थापाको नाम पहिलो नम्बरमा राखेको छ। पार्टीले समानुपातिक प्रणालीअन्तर्गत कुल ११० जनाको नाम आयोगमा पेश गरेको हो।

    प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ दलहरूले विभिन्न क्लस्टरका आधारमा उम्मेदवारको सूची बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एमालेले पनि आदिवासी जनजाति, दलित, खसआर्य, मधेसी, थारू र मुस्लिम क्लस्टर समेटेर बन्दसूची बुझाएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar