कांग्रेस संसदीय समितिको बैठक सकियो, कार्यसम्पादन समिति बैठक सुरु

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसको संसदीय समिति बैठक सम्पन्न भएको छ । कांग्रेसका सांसद र मन्त्रीसहितका उम्मेदवार छान्ने संसदीय समिति (बोर्ड ) बैठक सकिएपछि कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    समानुपातिक तर्फको बन्दसूची पेस गर्नका लागि निर्वाचन आयोगले आज (सोमबार) अन्तिम मिति तोकेको छ । समानुपातिकको सूची बुझाउन कांग्रेस बुधबारदेखि निरन्तर छलफलमा छ ।

    यसअघि प्रदेशस्तरीय समूहगत छलफलमा रहेको कांग्रेस समूहगत रूपमा तयार पारेका नामावली लिएर निर्णयका लागि कार्यसम्पादन समिति बैठकमा बसेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar