कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद भोलि दिउँसो १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ।

    मंसिर मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने भनिए पनि तोकिएको समयमा प्रक्रिया पूरा हुन नसकेपछि म्याद थप गर्ने सहमति भएको हो।

    महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली (सिस्टम) लक गर्ने तयारी गरेको छ।

    बैठकले नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया पुस १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

    उनका अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम टुंग्याएर पार्टीलाई बुझाइनेछ। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar