बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं : तनहुँमा बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६, मौरीभीरस्थित सडकमा ग.१ ख ९४०६ नम्बरको बस र गण्डकी एएबी ०१८६ नम्बरको स्कुटर आइतबार दिउँसो एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७, भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापा छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वासमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar