काठमाडौं–३ का निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    चालिसेविरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar