उज्यालो नेपालद्वारा रास्वपासँग एकता वार्ता बन्द

  • कालिका खवर
  • मङ्लबार, मंसिर २३, २०८२
  • काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपासँगको पार्टी एकता प्रक्रिया समाप्त गरेको छ।

    केन्द्रीय समितिको बैठकले रास्वपाले “एकपछि अर्को अड्को थपी राजनीतिक बेइमानी गरेको” भन्दै हालका लागि एकता असम्भव भएको निर्णय गरेको हो।

    उनेपाका अनुसार, रास्वपाले वार्ता लम्ब्याउँदै संगठन विस्तार मात्र गर्‍यो। सहमति नजिक पुग्दा पनि नेतृत्व–सम्बन्धी विवाद उठाइँदै अड्को थपीएको आरोप छ।

    कुलमान घिसिङले रवि लामिछानेलाई सभापति मान्न तयार भए पनि रास्वपामा कार्यवाहक नेतृत्वकै विवाद मिल्न नसकेको बताइन्छ।

    उनेपा अहिले संवाद स्थगित गर्दै संगठन विस्तारमा लागेको छ। यद्यपि, भविष्यमा चुनावी तालमेलको सम्भावना भने खुल्लै रहेको नेताहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar