वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि नेपाल वायुसेवाको नयाँ विशेष भाडादर योजना लागू

  • कालिका खवर
  • शुक्रबार, मंसिर १२, २०८२
  • काठमाडौं। नेपाल वायुसेवा निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर जवाफि गर्ने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सहजता र पहुँच वृद्धि गर्ने उद्देश्यसहित निगमले यो योजना सार्वजनिक गरेको हो।

    निगमका अनुसार काठमाडौंबाट सम्बन्धित गन्तव्यतर्फ यात्रा गर्ने श्रमिक यात्रुहरूले प्रत्येक उडानमा उपलब्ध हुने दशवटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन्। यसका लागि श्रमिक यात्रुहरूले आवश्यक कागजातसहित निगमका नेपालस्थित कार्यालय वा टिकट काउन्टरमार्फत सेवा लिन सक्ने व्यवस्था गरिएको छ।

    निगमले विशेष छुटसहितको यो भाडादर योजनाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आर्थिक बोझ घटाउन तथा उनीहरूलाई थप सहयोग र सहजता प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar