भायानेटले ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक, २०० Mbps वार्षिक योजना रु. ११,२०० मा

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ सार्वजनिक गरेको छ। उच्चगति, भरपर्दो र किफायती इन्टरनेट उपलब्ध गराउने उद्देश्यले तयार गरिएको यो प्याकेज विभिन्न गति तथा सेवा सुविधासहित बजारमा आएको हो।

    सुपरहिट इन्टरनेट प्याकअन्तर्गत भायानेटले १०० Mbps, २०० Mbps र ३०० Mbps इन्टरनेट योजना उपलब्ध गराएको छ। तीमध्ये सबैभन्दा लोकप्रिय २०० Mbps वार्षिक प्याकेज अब रु. ११,२०० (VAT सहित) मा उपलब्ध हुनेछ। साथै, २०० Mbps वा सोभन्दा माथिका वार्षिक योजना लिने ग्राहकहरूले एक महिना इन्टरनेट सेवा निःशुल्क पाउनेछन्।

    ग्राहक अनुभवलाई अझ सहज बनाउन कम्पनीले ‘Priority Serve’ अन्तर्गत ‘Same Day Support’ सेवा लागू गरेको छ। कम्पनीका अनुसार दिउँसो ३ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी गुनासाहरूलाई सोही दिन प्राथमिकताका साथ समाधान गरिनेछ।

    इन्टरनेटको दायरालाई अझ सुदृढ बनाउन इच्छुक ग्राहकका लागि भायानेटले Mesh Router पनि विशेष मूल्यमा उपलब्ध गराएको छ। सामान्यतया रु. ३,००० पर्ने मेश राउटर अहिले रु. २,५०० मा खरिद गर्न सकिनेछ।

    भायानेटले सार्वजनिक गरेको नयाँ ‘सुपरहिट इन्टरनेट प्याक’ ले नयाँ तथा पुराना दुवै ग्राहकलाई छिटो, भरपर्दो र आधुनिक इन्टरनेट सेवाको उत्तम अनुभव दिने दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar