आज दुई रोमाञ्चक भिडन्त, एनपिएलमा लुम्बिनी–सुदूरपश्चिम र जनकपुर–पोखरा आमनेसामने

  • कालिका खवर
  • बिहिबार, मंसिर ११, २०८२
  • काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने कार्यक्रम छ।

    त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ भने दोस्रो खेल अपराह्न ४ः०० बजे हुने तालिका रहेको छ।

    रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले आज सुदूरपश्चिम रोयल्सलाई पराजित गरी लिगको पुनरागमन गर्ने लक्ष्य बनाएको छ। लुम्बिनीले तीन खेलमध्ये एकमा मात्र जित निकाल्न सकेको छ र हाल अङ्क तालिकाको छैटौँ स्थानमा छ।

    उता, दीपेन्द्रसिंह ऐरी नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स उत्कृष्ट लयमा छ। टोलीले लगातार तीन खेलमा जित दर्ता गर्दै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

    आजको दोस्रो खेलमा अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर बोल्ट्स र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। दुवै टोलीले यसअघि खेलेका खेलमा पराजय बेहोरेकाले आजको खेल दुवैका लागि ‘कमब्याक’ गर्ने अवसर मानिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar