शिवम सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं । आज मङ्सिर १० गते शिवम सिमेन्ट लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुबै कम्पनीले भोलि मङ्सिर ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले मात्र आगामी साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

    शिवम सिमेन्टले चालु आर्थिक वर्षका लागि २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले मङ्सिर २५ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ, जसको सुरु समय बिहान १०:३० बजे तय गरिएको छ।

    यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४० प्रतिशत बोनस शेयर तथा बोनस कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते, शुक्रबार, थिरबम सडकस्थित आम्रपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ९ बजे १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

    एनआरएनको सभाले लाभांश पारित गरेपछि कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar