लाइफ इन्स्योरेन्स नेपाल र एफवान सफ्ट ग्रुपले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रकम हस्तान्तरण

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं। भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ करोड १ लाख रुपैयाँ योगदान गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन्।

    त्यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपका कर्मचारी तथा आवद्ध कम्पनीहरू—एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेड—ले संयुक्त रूपमा ७५ लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री खनाललाई हस्तान्तरण गरेका थिए। उक्त चेक ग्रुप अध्यक्ष सिद्धान्त ठकुरीले हस्तान्तरण गरेका थिए।

    नेपाल सरकारले स्थापना गरेको यस कोषमा योगदान गर्ने दुवै कम्पनीलाई अर्थमन्त्री खनालले विशेष धन्यवाद व्यक्त गरेका छन्।

    अर्थ मन्त्रालयका अनुसार, आजसम्म उक्त कोषमा जम्मा भएको कुल रकम ९ करोड ३० लाख रुपैयाँ पुगेको छ।

    सरकारका अनुसार, यो कोषको उद्देश्य भौतिक पूर्वाधारको पुनर्निर्माण र विकासमा योगदान पुर्‍याउनु हो, जसले राष्ट्रिय पूर्वाधार क्षेत्रमा सुधार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar