सोलारको तार सर्ट भई आगलागी हुँदा ४ लाखको क्षति

  • कालिका खवर
  • शनिबार, मंसिर ६, २०८२
  • मकवानपुर, ६ मंसिर । मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

    घरमा जडान गरिएको सोलारको तार सर्ट भई आगलागी हुँदा स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एक तले घर, घरभित्र रहेको नगद ७० हजार रुपैयाँ, सुनको तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

    प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएकाले थप क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar