नेपाल लाइफले पहिलो त्रैमासमा साढे २१ करोड खुद नाफा कमायो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । जीवन बीमा क्षेत्रमा अग्रस्थान कायम राख्दै आएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा साढे २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नेपाल लाइफको नाफा वृद्धि सकारात्मक रहेको देखिन्छ।

    साउनदेखि असोज मसान्तसम्म कम्पनीले २१ करोड ५५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले वृद्धि हो। गत वर्ष यसै अवधिमा कम्पनीको नाफा २० करोड ५४ लाख रुपैयाँ थियो।

    व्यवसायिक वृद्धि दोहोरो अंकमा पुगेसँगै कम्पनीको नाफामा सुधार आएको हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.१८ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत आवको पहिलो त्रैमासमा यो आर्जन ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ मात्र थियो।

    त्यस्तै, कम्पनीको कुल आम्दानी २.१५ प्रतिशत बढेर १८ अर्ब ३६ करोड ४१ लाख रुपैयाँ पुगेको छ। यता, कुल खर्च भने ४.३० प्रतिशतले बढ्दै १७ अर्ब २८ करोड ३७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आम्दानी १७ अर्ब ९७ करोड ७० लाख रुपैयाँ र खर्च १६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ थियो।

    नेपाल लाइफको खुद दाबी भुक्तानी पनि ३.६७ प्रतिशत बढेर १५ अर्ब ८१ करोड १५ लाख रुपैयाँ पुगेको छ।

    यसैबीच, कम्पनीको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ३४ करोड १८ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) ९.५५ रुपैयाँ, र प्रतिशेयर नेटवर्थ १३८.९९ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

    नेपाल लाइफले निरन्तर रूपमा आफ्नो बजार नेतृत्व कायम राख्दै आगामी त्रैमासहरूमा पनि स्थिर नाफा विस्तारको अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar