इस्लामावाद अदालतबाहिर भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • पाकिस्तान । मंगलबार दिउँसो १२ः३० बजे इस्लामाबाद जिल्ला अदालत बाहिर एउटा ठूलो विस्फोट भयो । यो विष्फोटमा अहिलेसम्म मर्नेको सङ्ख्या १२ जना पुगेको छ । अरु २७ जना घाइते भएको खबर आएको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजाआसिफले घटनालाई देशको लागि गम्भीर चुनौती भनेका छन् ।

    ‘हामी युद्धको अवस्थामा छौँ । यो आक्रमण अफगानिस्तानसँग जोडिएको आतंकवादको सन्देश हो, जसलाई पाकिस्तान रोक्न पूर्ण रूपमा सक्षम छ,’ उनले भने । यो केवल सीमा वा बलुचिस्तानको कुरा मात्र नभएर सम्पूर्ण पाकिस्तानको लागि खतरा भएकोमा उनले जोड दिएका थिए ।

    स्थानीय प्रहरीका अनुसार अदालत क्षेत्रमा भारी ट्राफिक र भिडभाड भएको बेला विस्फोट भएको थियो । विस्फोटमा धेरै वकिल र नागरिक घाइते भएको बताइएको छ । घाइतेहरूलाई तुरुन्तै नजिकैका अस्पतालहरूमा भर्ना गरिएको र उनीहरूको उपचार भइरहेको भनिएको छ । प्रहरीले घटनास्थललाई सिल गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

    विस्फोटको कारण, सम्भावित लापरबाही र अन्य कारकहरूको अनुसन्धान गर्दै सुरक्षा बल र फोरेन्सिक टोलीहरू घटनास्थलमा खटाइएको छ । घटनापछि अदालत परिसर र वरपरका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । हालका लागि सबै अदालती गतिविधिहरू स्थगित गरिएको छ । प्रहरीले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar