‘हाइज्याक’को आशंका गरिएको फ्लाई दुबईको विमान साउदीमा अवतरण

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौं । इजरायलको तेल अभिभका लागि दुबईबाट उडान भरेको फ्लाई दुबईको एउटा विमान ‘हाइज्याक’ (अपहरण)को आशंकाबीच साउदी अरेबियामा अवतरण गरेको छ ।

    इजरायली पत्रिका ‘द जेरुसेलम पोस्ट’का अनुसार विमानका दुई पाइलटबीच हात हालाहाल तथा झगडा भएपछि उडान मार्ग परिवर्तन गरिएको हो । उक्त विमानमा करिब १८० जना इजरायली यात्रु सवार रहेको जनाइएको छ ।

    यसअघि विमानले अपहरण भएको संकेत दिने आकस्मिक कोड प्रसारण गरेको थियो । त्यसपछि साउदी अरेबियातर्फ उडान मोडेको बताइएको थियो । सो क्रममा विमान असामान्य रूपमा कम उचाइमा झरेको समेत पाइएको छ ।

    सम्भावित आपतकालीन अवस्थालाई ध्यानमा राख्दै इजरायली वायुसेनाले उच्च सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलताका कारण दुईवटा लडाकु विमान तत्काल परिचालन गरिएको इजरायली सञ्चारमाध्यम ‘वाला’ले जनाएको छ ।

    घटनालगत्तै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले रक्षा अधिकारीहरूसँग आकस्मिक सुरक्षा बैठक बोलाएको ‘द जेरुसेलम पोस्ट’ले उल्लेख गरेको छ ।

    यद्यपि, विमान हाइज्याक नै भएको कुरा भने पुष्टि भइसकेको छैन । सुरक्षा स्रोतका अनुसार, पाइलटले जानाजानी हाइज्याकिङको संकेत नभई, असमझदारी वा प्राविधिक कारणले संकटकालीन संकेत सक्रिय गरेको हुन सक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar