राष्ट्र बैंकले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको साढे ३ अर्ब रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने निर्णय गरेको छ ।

    कुल ३ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने निर्णयअनुसार, राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूमा २ अर्ब ९६ करोड, ‘ख’ वर्गका विकास बैंकहरूमा ५५ करोड ५० लाख, र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १८ करोड ५० लाख रुपैयाँ निक्षेप गर्ने भएको हो ।

    केन्द्रिय बैंकका अनुसार, यो लगानी २०२५ नोभेम्बर १८ देखि २०२६ नोभेम्बर १८ सम्म ३३६ दिनको अवधिका लागि हुने छ ।

    निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले चाहेको रकम तथा प्रस्तावित ब्याजदर उल्लेख गरी कात्तिक २६ गते साँझ ७ बजेसम्म बोलकबोल पेश गर्नुपर्नेछ ।

    राष्ट्र बैंकले निक्षेपमा तोकिएको ब्याजदर मासिक रूपमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । यो लगानीमार्फत बैंक तथा वित्तीय संस्थामा तरलता प्रवाह वृद्धि हुने अपेक्षा गरिएको छ ।

    GnP-Investment-Notice-2082.08.02

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar