बजाज चेतक नेपालद्वारा “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” घोषणा

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । बजाज चेतक नेपालले आफ्नो विशेष कार्यक्रम “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प” को घोषणा गरेको छ । यो क्याम्प ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधनहरूलाई नयाँ, बोल्ड र इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आमन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

    उक्त क्याम्प आगामी २०७२ कार्तिक २३ गतेदेखि २८ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म बाइकर्स क्याफे, नक्सालमा सञ्चालन हुनेछ ।

    कार्यक्रममा सहभागी हुने ग्राहकहरूले पुराना दुईपांग्रे सवारी साधनहरूको उच्चतम मूल्याङ्कन, फ्री एक्सेसरीज, नागरिकताकै भरमा अन–द–स्पट फाइनान्सिङ, र प्रत्येक टेस्ट राइडमा फ्री कफी जस्ता आकर्षक सुविधा प्राप्त गर्नेछन् । साथै, नयाँ चेतक खरिद गर्ने ग्राहकहरूले बाइकर्स क्याफेमा कपल्स लन्चको विशेष अफर पनि पाउनेछन् ।

    यस अभियानमार्फत, बजाज चेतकले परम्परागत पेट्रोल सवारी साधनबाट इलेक्ट्रिक मोबिलिटीमा सहज, रोमाञ्चक र लाभदायी रूपान्तरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ । चेतक ईभीले सदाबहार डिजाइन, आधुनिक प्रविधि र दिगोपनको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै प्रदर्शन, शैली र वातावरणमैत्री सवारी अनुभव प्रदान गर्दछ ।

    गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र होइन, यो स्मार्ट मोबिलिटी अपनाउने उत्कृष्ट अवसर हो । चेतक ईभीले नवप्रवर्तन, विश्वसनीयता र आधुनिक राइडरको बोल्ड भावना झल्काउँछ, जुन नेपालका बदलिँदै गरेका सडकका लागि उपयुक्त छ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar