नेपाल राष्ट्र बैंकमा प्रवक्तामा गुरु प्रसाद पौडेल नियुक्त

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी फेरेफेर भएको छ। बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई आज (कात्तिक १९ गते) देखि लागू हुने गरी नयाँ प्रवक्ताका रूपमा तोकिएको छ।

    मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत पौडेल २०५९ सालमा केन्द्रिय बैंकमा प्रवेश गरेका हुन्। उनले यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग र सुपरिवेक्षण विभाग लगायतका महत्त्वपूर्ण शाखाहरूमा काम गरिसकेका छन्।

    उहाँले बैंकका नीति तथा कार्यक्रमहरूबारे सञ्चारमाध्यमसँग संवाद गर्दै आउनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar