पोखरा बचत तथा ऋण सहकारी घोटाला: अध्यक्षसहित ७ जना ८८ करोड हिनामिनाको आरोपमा पक्राउ

  • कालिका खवर
  • बुधबार, कार्तिक १९, २०८२
  • काठमाडौं । पोखरास्थित पोखरा बचत तथा ऋण सहकारी संस्थामा ८८ करोड ७० लाख रुपैयाँ हिनामिनाको आरोप लागेका अध्यक्ष सुरेन्द्रबहादुर गोदार र व्यवस्थापक भीष्मप्रसाद गुरुङसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    गण्डकी प्रदेश सहकारी रजिस्टारको अध्ययन प्रतिवेदनअनुसार, सहकारीको रकम पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरूको मिलेमतोमा व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरिएको पाइएको छ। प्रतिवेदनमा कृत्रिम ऋण सिर्जना, पेश्की खातामार्फत अनधिकृत निकासी, सदस्य र ऋणीलाई ठगी, तथा सहकारी ऐन विपरीतका गतिविधिहरूको विस्तृत विवरण समावेश छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेका अभियुक्तहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ। सहकारीको रकम दुरुपयोग हुने क्रम बढेसँगै, नियामक निकायहरूले यस्ता घटनामाथि कडा निगरानी र कानुनी कारबाहीलाई तीव्रता दिने चेतावनी पनि दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar