राजन विक्रम थापा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा पदोन्नति

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका राजन विक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन्।

    उनलाई आइतबार बैंकले बढुवा गरी गभर्नर कार्यालयमा पदस्थापन गरेको हो। थापा यसअघि पनि निर्देशकका रूपमा गभर्नर कार्यालयमै कार्यरत थिए। हालै अवकाशप्राप्त डा. गुणाकर भट्टको ठाउँमा उनी नियुक्त भएका हुन्।

    राष्ट्र बैंकमा १७ वटा विभाग छन्, र सबै विभागमा कार्यकारी निर्देशक तोकिएको अवस्थामा मात्र गभर्नर कार्यालयमा कार्यकारी निर्देशक राख्ने व्यवस्थाअनुसार थापालाई सोही पदमा पदोन्नति गरिएको बताइन्छ।

    स्रोतका अनुसार, थापा राजनीतिक रूपमा नेकपा माओवादी निकट मानिन्छन्। सम्भवत: त्यही कारण गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उनलाई विशिष्ट विभागमा पठाउनुभन्दा गभर्नर कार्यालयमै राखेका हुन्।

    नेपाल सरकारका सचिवसरहको विशिष्ट श्रेणीको मानिएको कार्यकारी निर्देशक पद बरियतामा भने सचिवभन्दा कनिष्ठ मानिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar