मेटलाइफ नेपालद्वारा भोजपुर र जुम्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • सोमवार, कार्तिक १७, २०८२
  • काठमाडौं । मेटलाइफ नेपालले भोजपुर नगरपालिका–७, दादागाउँस्थित विद्योदया माध्यमिक विद्यालय र चन्दननाथ, जुम्लास्थित कनिका निशा उच्च माविमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

    उक्त कार्यक्रममार्फत विद्यार्थीहरूलाई जीवन बीमाको आवश्यकता, महत्त्व तथा व्यवहारिक पक्षबारे विस्तृत जानकारी गराइएको थियो। यसले विद्यार्थीलाई बीमासम्बन्धी आधारभूत ज्ञान दिनुका साथै भविष्यमा आर्थिक सुरक्षा प्रति सचेत गराउने उद्देश्य राखिएको थियो।

    नेपाल बीमा प्राधिकरणले विद्यालय तहमा बीमा सचेतना विस्तार गर्न निर्देशन दिएपछि मेटलाइफ नेपालद्वारा आयोजित यो कार्यक्रम समयसापेक्ष र महत्त्वपूर्ण ठहरिएको छ।

    विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागितासहित सम्पन्न कार्यक्रममा अभिभावक र समुदायस्तरमा पनि बीमा प्रवर्द्धनका दीर्घकालीन लाभको अपेक्षा गरिएको छ।

    यस्ता गतिविधिहरूले गाउँगाउँमा जीवन बीमा सम्बन्धी जागरण बढाउने तथा सुरक्षित भविष्य निर्माणमा योगदान पुर्‍याउने मेटलाइफ नेपालको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar