सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौँ, १४ कात्तिक । सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ । बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar