राष्ट्रिय–अन्तरराष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

  • कालिका खवर
  • सोमवार, कार्तिक १०, २०८२
  • काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रव्र्द्धन गरिनुपर्ने बताएका छन् ।

    आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे । छठ पर्वले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा सामाजिक विकृति र विसङ्गति विरुद्धको लोकसांङ्गीतिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउँदै लगेको उल्लेख गरे ।

    ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा छठमा प्रस्तुत गरिने लोकगायन समसामयिक र सशक्त पक्ष भएको बताउँदै उहाँले विविधतामा एकता कायम राख्न यस पर्वले सहयोग पुराउने विचार व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री नेपालले ‘सबै चाडपर्व सबै’को भन्ने धारणा विकाससँगै सद्भावपूर्ण तरिकाले छठ मनाउन आग्रह गर्दै यस पर्वबाट सामूहिकता र एकताको भावनालाई अभिवृद्धि गरिनुपर्ने बताए । मौलिक पर्वले विकास गरेका मूल्यमान्यता, सामाजिक परम्परा, भ्रातृत्व, असल संस्कार संरक्षणमा जोड दिने भन्दै उनले यसले व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar