गुल्मीमा ट्याक्टर दुर्घटना, सह‐चालकको मृत्यु

  • कालिका खवर
  • आइतवार, कार्तिक ९, २०८२
  • बुटवल । गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर दुर्घटनामा  भएको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर दुर्घटनामा भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी  गंगा बहादुर सारुले ट्याक्टरबाट आम फाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भीर घाइते बनेका पुनको घटनास्थलमै मृत्यु भएको बताए ।

    ट्याक्टर चालक गुल्मीको  मदाने गाउँपालिका–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar