कर्मचारीले दसैँ अगाडिनै तलब–भत्ता पाउने

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • काठमाडौँ : जेनजी प्रदर्शनको कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार सरकारले भुक्तानी प्रणाली आजैदेखि सुचारु भएको हो । उनले असहज परिस्थित हुँदा रोकिएको भुक्तानी प्रणाली आज देखि भुक्तानी दिन थालिएको जानकारी दिए ।

    सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब–भत्ता पाउने अवस्था बनेको छ । मन्त्रालयका प्रवक्ता पाण्डेयले भने, ‘असहज परिस्थिति सिर्जना भएकाले केही दिन भुक्तानी रोकिएको थियो । तर अब सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमशः गर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar