सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • सिराहा : सिरहामा शनिबार करेन्टमा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सिरहा नगरपालिका-४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।

    यसैगरी सिराहाकै लहान नगरपालिका-१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar