वडा अध्यक्ष र सचिवबीच बार्गेनिङ नमिल्दा वडा कार्यालय बन्द, सेवाग्राहीको काम ठप्प

  • कालिका खवर
  • मङ्लबार, साउन ५, २०८३
  • सिरहा। सिरहाको नरहा गाउँपालिकामा वडा अध्यक्ष र सचिव बिच बार्गेनिङ नमिलेका कारण वडा कार्यालय बन्द हुदा सेवाग्राहीको काम ठ्ठप भएको छ। शुक्रबारदेखि सुरु भएको विवादपछि कार्यालयको नियमित सेवा प्रभावित बनेको हो। आर्थिक वर्षको अन्त्यसँगै योजनाको हिसाब किताब र रकम बाँडफाँटको विषयलाई लिएर वडा अध्यक्ष सम्झना सिंह र वडा सचिव रामानन्द सिंहबीच विवाद चर्किएको कर्मचारीहरु बताउँछन् ।

    नरहा गाउँपालिका २ का वडा अध्यक्ष सम्झना सिंह र वडा सचिब रामानन्द सिंहबिच कमिसनको बार्गेनिङ नमिल्दा दुबैजना वडा कार्यालय छोडेर सम्पर्क बिहिन बनेको हो। आर्थिक वर्ष सकेको र उपभोक्ता तथा ठेकेदारसंग वडा अध्यक्ष सिंहले कमिसन उठाइ सचिवलाइ नदिएकोले कार्यालय बन्द गरेको कर्मचारीहरुको भनाइ छ। योजनाको कमिसन विवादका कारण शुक्रबार देखि आजसम्म वडा कार्यलय बन्द हुँदा सेवाग्राहीहरू समेत मर्कामा परेका छन्।

    स्थानीय जितु यादब भन्छन् , ‘वडा कार्यालय सञ्चालन खर्च तथा उपभोक्ता समितिबाट आउने कमिसन बापतको रकम बाँडफाँटलाई लिएर वडा सचिव र वडा अध्यक्षबीच शुक्रवार विवाद उत्पन्न भएको थियो ।’ वडा सचिव सिंहले पाउनु पर्ने कमिसनको हिस्सा नपाएको भन्दै वडा कार्यालय बन्द गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना कर्मचारीले बताए। उनले भने, ‘अध्यक्ष र सचिवबिच असार २९ गतेबाट नै कमिसनको कुरोलाइ लिएर आनाकानी चलिरहेको थियो। तर, शुक्रवार सचिवले कार्यालय बन्द गरेर निस्किए ।’

    कार्यालय किन बन्द गरिएको भन्ने जिज्ञासामा वडा सचिव सिंहले भने, ‘अध्यक्ष र म बिच आन्तरिक विवादका कारण कार्यालय बन्द गरिएको हो।’उनले ‘यो हाम्रो ब्यक्तिगत कुरा हो’ भन्दै कारनबारे खुलाउन चाहेनन् । विवादबारे थप विवरण खुलाउन अस्वीकार गरेका छन । यता नरहा गाउँपालिका २ का वडा अध्यक्ष सम्झना सिंहले, ‘यो बिषयमा कुरा गर्न वडा कार्यालयमै आउनुपर्ने जिकिर गरे। उनले ‘सचिवले किन र के कारणले वडा कार्यालय बन्द गरिएको हो, त्यो बिषयमा बुझ्न वडामै आउनु’ भन्दै सम्पर्कमा आउन चाहेनन् ।

    शुक्रवार गाउँपालिकामा हिसाब किताब मिलाउने र बाँडफाँट गर्ने सहमति भएपछि वडा सचिव सिंहले सोमबार दिउँसो करिब ३ बजे कार्यालय खोलेपनि आज पुनः बन्द गरिएको स्थानियहरु बताउँछन् । कार्यालय बन्द हुँदा सेवाग्राहीको सम्पुर्ण कामकाज ठ्ठप भएको छ। सेवाग्राहीले सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सिफारिस, जन्मदर्ता, मालपोतसम्बन्धी सिफारिसलगायत सेवा लिन आएका दर्जनौँ सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन। यता नरहा गाउँ पालिकका कार्यलय प्रमुख उदित्य कुमार कर्णले आफू बिदामा रहेकोले यो बिषयमा कुनै जानकारी नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar