उद्यमीबीच एकता नभए आर्थिक विकास असम्भव : राजेन्द्र मल्ल

  • कालिका खवर
  • मङ्लबार, चैत्र १७, २०८२
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबिचको एकता अपरिहार्य रहेको बताएका छन्।

    नेपाल उद्योग वाणिज्य महासङ्घको ६० औँ वार्षिक साधारण सभाअन्तर्गत वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरूको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र सशक्त हुन आपसी सहकार्य र एकजुटता आवश्यक रहेको धारणा व्यक्त गरे।

    मल्लले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस्तो समयमा व्यवसायीहरूबीच सहकार्य र साझा धारणा निर्माण अझ महत्वपूर्ण हुने बताए। उनले निजी क्षेत्रले सामना गरिरहेका समस्या समाधानका लागि सामूहिक आवाज बलियो हुनुपर्नेमा जोड दिए।

    उनले उद्यमीहरूबीच आपसी विश्वास, समन्वय र सहकार्यमार्फत मात्र दिगो आर्थिक विकास सम्भव हुने उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar