तीज लक्षित ‘तीजको व्रत’ गीत सार्वजनिक

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै जाँदा तीजसम्बन्धी नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ। यसैबीच गायिका मिना बेलवासेले नयाँ तीज गीत ‘तीजको व्रत’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन्।

    गीतमा मिना बेलवासेसँगै चर्चित गायिका टिका सानुको स्वर रहेको छ। गीतका शब्द नवीन घिमिरेले लेखेका हुन् भने संगीत तेज सिलवालले दिएका छन्। गीतको एरेन्ज भुमिराज थापा मगरले गरेका छन्।

    म्युजिक भिडियोमा कृस्टिना साह ठकुरी र सोमिता खनालको अभिनय रहेको छ। भिडियोको निर्देशन शिवजी क्षत्रीले गरेका हुन् भने कलरिङ तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन्।
    गीतको रेकर्डिङ ‘द म्युजिक इरा’ स्टुडियोमा गरिएको हो। रेकर्डिस्ट तथा मिक्सिङको काम सुरज भुसाल र कृष्ण बाजुरालीले गरेका छन्।

    तीजको व्रत तथा असल महिलाको महत्वलाई समेटेर तयार गरिएको उक्त गीतको म्युजिक भिडियो गायिका मिना बेलवासेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar