श्याम मगर र बिना रावतको अभिनय रहेको ‘पिरको भारी’ सार्वजनिक

  • कालिका खवर
  • बुधबार, माघ १४, २०८२
  • काठमाडौं । नायक तथा मोडल श्याम मगरको अभिनय रहेको मर्मस्पर्शी गीत ‘पिरको भारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। हेमराज डागी र रमिला ज्ञाङ्मी मगरको स्वर रहेको उक्त गीतमा शब्द अनिल खनालको रहेको छ भने संगीत स्वयं हेमराज डागीले दिएका छन्।

    म्युजिक भिडियोमा बिना रावत, श्याम मगर, दीपक केसी र हेमराज डागीको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन सरोज शाहीले गरेका हुन् भने कलर र सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन्। म्युजिक भिडियोको निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन्।

    हालै सार्वजनिक भएको ‘पिरको भारी’ म्युजिक भिडियो हेमराज डागीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar