ठमेलको एलओडी क्लब सातौँ वर्षमा प्रवेश, राष्ट्रिय–अन्तर्राष्ट्रिय कलाकारसहित भव्य वार्षिकोत्सवको तयारी

  • कालिका खवर
  • सोमवार, माघ २६, २०८२
  • काठमाडौं । ठमेलस्थित चर्चित ‘एलओडी क्लब’ सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले सातौँ वार्षिकोत्सव विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाउने तयारी गरेको छ।

    एलओडी सञ्चालनमा आएको सात वर्ष पूरा भएको अवसरमा मंगलबार विशेष कार्यक्रम आयोजना गरिने एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए। उनका अनुसार वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। स्थापना कालदेखि नै एलओडीले नेपाली तथा विदेशी कलाकारलाई नियमित रूपमा मञ्च प्रदान गर्दै आएको उनले बताए।

    ‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ कुँवरले भने, ‘यो स्थान केही गर्छु भन्ने कलाकारहरूका लागि प्रभावकारी प्लेटफर्म बनेको छ। यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन्।’

    एलओडी क्लब नाइटक्लब मात्र नभई नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको कुँवरको दाबी छ। उनले नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रममार्फत क्लबले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको बताए।
    रातको समयमा ठमेल घुम्न आउने आन्तरिक तथा विदेशी पर्यटकका लागि एलओडी प्रमुख गन्तव्य बनेको उनको भनाइ छ। क्लबले हाल इन्टिरियर, सिटिङ एरिया र लाइट सिस्टममा समेत परिवर्तन गरिरहेको छ।

    हाल एलओडी क्लबमा १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। क्लबमा ६ सय जनाको सिटिङ र करिब २ हजार जनाको स्ट्यान्डिङ क्षमता रहेको छ। ग्राहकको सुरक्षा क्लबको पहिलो प्राथमिकता रहेको कुँवरले बताए।

    एलओडी क्लबले विभिन्न वर्षमा अन्तर्राष्ट्रिय र्याङ्किङमा समेत स्थान बनाएको छ। क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय नेता राहुल गान्धी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति भइसकेको छ।

    एलओडीमा बलिउड गायिका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक, पवनदीपसहित भारतीय, टर्की, जर्मनी र इटालीका चर्चित कलाकारले प्रस्तुति दिइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar