टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडको अप्रिलमा ३१.१ प्रतिशतले बिक्री वृद्धि

  • कालिका खवर
  • सोमवार, बैशाख २१, २०८३
  • काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेडले अप्रिल २०२६ मा आफ्नो सवारी साधन बिक्रीमा उल्लेखनीय वृद्धि हासिल गरेको छ।

    कम्पनीले मे १, २०२६ मा मुम्बईमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल महिनामा कुल ५९ हजार ७०१ युनिट सवारी साधन बिक्री भएको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिमा भएको ४५ हजार ५३२ युनिटको तुलनामा ३१.१ प्रतिशतले बढी हो। यस प्रतिवेदनमा टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडको बिक्रीसमेत समावेश गरिएको छ।

    स्वदेशी बजारतर्फ कम्पनीले सकारात्मक वृद्धि हासिल गरेको छ। अप्रिल २०२६ मा ५९ हजार युनिट सवारी साधन बिक्री भएको छ, जुन गत वर्षको ४५ हजार १९९ युनिटको तुलनामा ३०.५ प्रतिशतले बढी हो।

    निर्याततर्फ पनि कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। गत वर्ष अप्रिलमा ३३३ युनिट निर्यात भएकोमा यस वर्ष सोही अवधिमा ७०१ युनिट पुगेको छ, जुन ११०.५ प्रतिशतको वृद्धि हो।

    विद्युतीय सवारी साधन (इभी) खण्डमा कम्पनीको प्रदर्शन अझ सशक्त देखिएको छ। अप्रिल २०२६ मा इभी बिक्री ९ हजार १५० युनिट पुगेको छ, जुन अघिल्लो वर्षको ५ हजार ३१८ युनिटको तुलनामा ७२.१ प्रतिशतले बढी हो। कम्पनीले भारतमा दिगो यातायात प्रवर्द्धनमा जोड दिँदै इभी क्षेत्रमा अग्रणी भूमिका खेलिरहेको जनाएको छ।

    टाटा समूहअन्तर्गत रहेको यस कम्पनीलाई पहिले टाटा मोटर्स लिमिटेडका रूपमा चिनिन्थ्यो। कम्पनीको नाम १३ अक्टोबर २०२५ देखि परिवर्तन गरी टाटा मोटर्स प्यासेन्जर भेहिकल्स लिमिटेड राखिएको हो।

    हाल कम्पनीले नवीन डिजाइन, उच्च सुरक्षा र कार्यक्षमताका लागि चिनिएका कार तथा एसयूभीहरूको विविध पोर्टफोलियोमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar