सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

  • कालिका खवर
  • सोमवार, असार १, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यलयहरुलाई आवश्यक पर्ने कार्यालय सामग्रीहरु सहयोग गरेको छ ।

    बैंकले जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ र बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरु हस्तान्तरण गरेको हो । साथै, ट्राफिक जिल्ला प्रहरी कार्यालय बर्दियालाई रोड डिभाइडर, सचेतामूलक बोर्ड सहयोग गरेको छ । उक्त सहयोगले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गएिको छ ।

    स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍यााउँदै आएको छ । बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar