सुनसरीमा माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते

  • कालिका खवर
  • बिहिबार, अशोज ८, २०८३
  • काठमाडौँ : सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व-पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटनामा परेको छ । बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नं. को माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

    दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar