सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो

  • कालिका खवर
  • बुधबार, पुस ३०, २०८२
  • काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

    महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य नै २ लाख ३८ हजार ३४० रुपैयाँ पुगेको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ६५५ रुपैयाँ कायम भएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar