सुनको मूल्य निरन्तर अकासिँदो

  • कालिका खवर
  • मङ्लबार, अशोज २१, २०८२
  • काठमाडौँ, २१ असोज । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ ।

    चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ३० हजार ६०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ९३० मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar