पोखरामा सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु

  • कालिका खवर
  • बिहिबार, असार ११, २०८३
  • काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। असार १० गतेदेखि सुरु भएको मेला असार १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    नेपालमा विभिन्न अग्रणी विद्युतीय मोबिलिटी ब्रान्डहरूको आधिकारिक वितरकका रूपमा स्थापित सीजी मोटर्सले आयोजना गरेको उक्त कार्निभलमा ग्राहकहरूले एकै स्थानमा प्रिमियम ईभी ब्रान्डका अत्याधुनिक सवारीसाधनहरू अवलोकन गर्न सक्नेछन्। मेलामा जीएसी आयन, रिडारा र दायुनका लोकप्रिय विद्युतीय मोडलहरू प्रदर्शनमा राखिएका छन्।

    व्यक्तिगत तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त विद्युतीय सवारीसाधनलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा ग्राहकहरूका लागि विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा अतिरिक्त लाभ, सहज फाइनान्सिङ सहयोग तथा विशेष स्वामित्व प्याकेजहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

    कार्निभलमा सहभागीहरूले विभिन्न ईभी मोडलहरूको प्रविधि, विशेषता तथा सुविधाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै टेस्ट ड्राइभमार्फत सवारी अनुभव गर्ने अवसर पनि पाउनेछन्। विद्युतीय सवारी खरिदको योजना बनाएका ग्राहक, अटोमोबाइलप्रेमी, व्यवसायी तथा वातावरणमैत्री यातायातप्रति रुचि राख्ने व्यक्तिका लागि कार्यक्रम विशेष अवसरका रूपमा रहेको कम्पनीको भनाइ छ।

    सीजी मोटर्सका अनुसार काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको ‘महा मेला एक्सचेन्ज कार्निभल’ प्रति प्राप्त उत्साहजनक प्रतिक्रियापछि पोखरामा पनि कार्यक्रम विस्तार गरिएको हो। कम्पनीले यसलाई विद्युतीय सवारीसाधनप्रतिको बढ्दो आकर्षण र बजारको सकारात्मक संकेतका रूपमा लिएको जनाएको छ।

    कम्पनीका अनुसार यो कार्निभल केवल सवारी प्रदर्शनी मात्र नभई दिगो, प्रविधिमैत्री तथा वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्ने अभियानको एक हिस्सा हो। एउटै प्लेटफर्ममा विभिन्न ईभी ब्रान्ड, आकर्षक खरिद सुविधा र एक्सचेन्ज अवसर उपलब्ध गराएर ग्राहकलाई विद्युतीय सवारीसाधनतर्फ आकर्षित गर्ने लक्ष्य कार्यक्रमले राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar