सुनको मूल्य लगातार चौथो दिन बढ्यो, तोलाको २ लाख ८३ हजार ५ सय रुपैयाँ

  • कालिका खवर
  • बिहिबार, कार्तिक १२, २०८३
  • काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । तगातार चार दिनदेखि बढीरहेकाे सुनकाे मूल्य आज पनि तोलामा ३ सय रुपैयाँ बढेको हाे ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ

    हिजाे ताेलामा ९०० रूपैयाँले बढेकाे सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियाे ।

    यता आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको हाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar