सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौँ, २९ असोज । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो मङ्गलबार सुन प्रतितोला रु दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु तीन हजार ३२५ मा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar