सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?

  • कालिका खवर
  • आइतवार, साउन ३, २०८३
  • काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ ।

    गत शुक्रबार एक तोला सुन रु दुई लाख ८२ हजार १०० र चाँदी रु चार हजार २०० मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३१ र चाँदी ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar