सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • आइतवार, अशोज ५, २०८२
  • काठमाडौं, ५ असोज । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको २ लाख १७ हजार एक सयमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar