सुन र डलर बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौँ । सुन र डलरको मूल्य बढ्दा मात्रै नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।

    उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।

    बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४।१९ किलोग्राम सुन छ । त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar