सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

  • कालिका खवर
  • बुधबार, असार १७, २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३७ हजार ७४० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ३८ हजार २५५ रुपैयाँ रहेको थियो।

    सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार २७० रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज १० ग्राम चाँदीको मूल्य ३ हजार ६६० रुपैयाँ ५० पैसा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar