सुकुम्बासी मोर्चाले रास्वपा कार्यालयमा बुझायो ज्ञापनपत्र

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • काठमाडौं । सुकुम्बासी मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ । आज मोर्चाका नेता कार्यकर्ता रास्वपाको कार्यालयमा पुगेका थिए । घेराउ गर्न पुगेका सुकुम्बासी प्रतिनिधिहरूले पार्टीलाई विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाएका छन्।

    ज्ञापनपत्र बुझाएपछि उनीहरू शान्तिपूर्ण रूपमा फर्किएका हुन्। मोर्चाका कार्यवाहक महासचिव दीपक कुँवरले रास्वपाले सुकुमबासीको बसोबासको अधिकार, मानव अधिकार उल्लङ्घन हुने गरी कुनै पनि काम नगर्ने जवाफ दिएको बताए। सरकारले शनिबारदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्न लागेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar