सुकुम्बासीको पहिचान गरेर नागार्जुनको अपार्टमेन्टमा राखिने

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • काठमाडौं । राजधानीका विभिन्न क्षेत्रबाट हटाउन लागिएका सुकुम्बासीलाई नागार्जुनमा बनेको अपार्टमेन्टमा राखिने भएको छ ।

    तत्कालका लागि केही दिन होल्डिङ सेन्टरमा राख्ने र लगत संकलनपछि वास्तविक सुकुम्बासीको पहिचार गरेर नागार्जुनस्थित अपार्टमेन्टमा राखिने भएको हो ।

    यसअघि डा. बाबुराम भट्टराईको पालामा नागार्जुनमा सुकुम्बासीका लागि चारवटा ब्लकमा अपार्टमेन्ट बनाइएको थियो । तर सुकुम्बासीले त्यहाँ जान मानेका थिएनन् ।

    सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar