रविलाई सुकुम्बासी मोर्चाको ४ बुँदे मागपत्र

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • काठमाडौँ।  संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समक्ष चार बुँदे माग प्रस्तुत गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ।

    मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

    प्रस्तुत माग पत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचनालाई फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय पार्दै प्रमाणीकरण र व्यवस्थापनका विषयमा देखिएका समस्या समाधान गर्नुपर्ने, सरकारद्वारा स्वीकृत कार्यसूची अनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने तथा भूमि र आवाससम्बन्धी अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने विषय समावेश गरिएको छ।

    उक्त सन्दर्भमा सम्बन्धित निकायबाट बस्ती क्षेत्रमा उपकरण प्रयोग गरी संरचना हटाउने तयारी भइरहेको उल्लेख गरिएको छ। साथै, बालेन शाहको निर्देशनमा यससम्बन्धी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने तयारी भएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar